बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति गगन थापाविरुद्ध घृणात्मक अभिव्यक्ति दिएको आरोपमा बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन्।
ओली, गगन र बालेन तीनैजना आ–आफ्नो पार्टीबाट प्रधानमन्त्रीको आकांक्षी छन्। ओली र बालेन झापा–५ बाट एकअर्काविरुद्ध भिड्दै छन्। थापा भने सर्लाही–४ बाट लड्दैछन्।
बालेनविरुद्धको उजुरीमा भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन्। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ।’
नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरिएको भन्दै उनले उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न पनि माग गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया