बिएल संवाददाता
वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जाँदैछन्। काठमाडौंमा लगतार जित्दै आएको काठमाडौं क्षेत्र नं ४ छोडेर यसपालि उनी सर्लाही ४ का उम्मेदवार बनेका छन्।
पार्टीको विशेष महाधिवेशन आह्वान गरेर सभापति बनेका थापालाई काँग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। उनको निर्वाचन क्षेत्र सर्लाही ४ मा यसअघि स्वतन्त्ररुपमा चुनाव जितेका अमरेशकुमार सिं पनि उम्मेदवार छन्। यसपालि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दैछन्।
यसअघि जनकपुरमा चुनावीसभा गरेर थापा आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी थियो। तर निर्वाचन आचारसंहिताका कारण उक्त सभा हुन सकेन। त्यसैले थापा सिधै आफ्नो चुनावी क्षेत्र पुगेर घरदैलो सुरु गर्नेछन्। यसअघि उनले काठमाडौंमै उपलब्ध आफ्ना मतदाताहरूसँग छलफल गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया