सोमबार, २६ जनवरी २०२६

निर्वाचन क्षेत्रमा गगन थापा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जाँदैछन्। काठमाडौंमा लगतार जित्दै आएको काठमाडौं क्षेत्र नं ४ छोडेर यसपालि उनी सर्लाही ४ का उम्मेदवार बनेका छन्।

पार्टीको विशेष महाधिवेशन आह्वान गरेर सभापति बनेका थापालाई काँग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। उनको निर्वाचन क्षेत्र सर्लाही ४ मा यसअघि स्वतन्त्ररुपमा चुनाव जितेका अमरेशकुमार सिं पनि उम्मेदवार छन्। यसपालि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दैछन्।

यसअघि जनकपुरमा चुनावीसभा गरेर थापा आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी थियो। तर निर्वाचन आचारसंहिताका कारण उक्त सभा हुन सकेन। त्यसैले थापा सिधै आफ्नो चुनावी क्षेत्र पुगेर घरदैलो सुरु गर्नेछन्। यसअघि उनले काठमाडौंमै उपलब्ध आफ्ना मतदाताहरूसँग छलफल गरेका थिए।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!