बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि आफू र आफ्नो पार्टी तयार रहेको बताएका छन्। उनी झापा-५ बाट चुनाव लड्दैछन्। नेकपा एमालेले उनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ।
त्यही क्षेत्रमा काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर बालेन शाह पनि चुनाव लड्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा होमिएको छ। त्यस्तै सर्लाही ४ बाट चुनाव लड्दै गरेका नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई पनि पार्टीले प्रधानन्त्रीका रुपमा प्रस्ताव गरेको छ।
अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीका उम्मेदवारहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बहस गर्नुपर्ने माग उठिरहेको छ। यसै सन्दर्भमा सामाजिक सञ्जालमै एक सन्देश लेखेर ओलीले सार्वजनिक बहसका निम्ति चुनौती दिएका हुन्।
‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ?’ ओलीले भनेका छन् ‘सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’
उनले यो चुनावलाई देश बनाउने र देश जलाउने पक्षधरबीचको चुनाव भनेर पनि टिप्पणी गरेका छन्। यो चुनावमा नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको पनि उनले उल्लेख गरेका छन्।
‘नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ’ उनले भनेका छन् ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया