आइतबार, २५ जनवरी २०२६

राष्ट्रियसभाको निर्वाचन हुँदै, साँझ ३ बजेसम्म मतदान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय सभामा रिक्त भएका १७ सिटका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशका मतदान केन्द्रमा जनप्रतिनिधितथा प्रदेश सांसदहरूले मतदान गर्नेछन्।

कूल १८ सिटका लागिमनोनयन दर्ता भए पनि यसअघि नै नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले थिए। सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता छन्।

जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको एकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ।

निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!