बिएल संवाददाता
नेपाली काँग्रेसले गरिरहेको संसद अवरोध थप सशक्त बनाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरहेको हो।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ। शनिबार पार्टी पदाधिकारी बैठकले सरकार संसदीय समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्षसहित संसद अवरुद्ध थप सशक्त बनाउने बताएको हो।
पार्टीका महामन्त्री गगनकुमार थापाले संसद चल्नका लागि काँग्रेसले धेरै लचकता अपनाएको भए पनि सरकार पेलेर जान खोजलेकाले संसद अवरुद्ध थप सशक्त बनाउने निष्कर्ष निकालेको बताए।
उनले संसदमा कसरी प्रस्तुत हुने विषयमा सोमबार संसदीय समितिको बैठकले तयारी गर्ने पनि जानकारी दिए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया