सोमबार, ०८ सेप्टेम्बर २०२५

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्दैन: कांग्रेस

File Photo
• • •

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नगरेसम्म संसद्को कुनैपनि कारवाही अगाडि बढाउन नदिने चेतावनी दिएकाे छ।

सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सुरू सांसद तथा कांग्रेसका महामन्त्री गगन थापाले यस्ताे बताएका हुन्। 

उनले सहकारीको ठगीका सम्बन्धमा संसद्ले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र माग रहेका बताए।

उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउँदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसद्मा आएको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!