बिएल संवाददाता
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संसद र सत्ताको निरन्तर यात्रामा अब भने ‘ब्रेक’ लागेको छ। चौतिस वर्षदेखिको यो निरन्तरतामा उनले यसपालि चुनाव नलड्ने निर्णयसम्म पुगे। कारण पार्टीभित्र आइपरेको विभाजित परिस्थिति।
गत पुस अन्तिम साता तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको विशेष महाधिवेशन आह्वान गरे। त्यही महाधिवेशनबाट थापा सभापति चुनिए। देउवा पक्ष निर्वाचन आयोग हुँदै सर्वोच्चसम्म पुगेको छ। आयोगले विशेष महाधिवेशनलाई नै आधिकारिकता दियो। तर देउवा समूहले आयोग विरुद्ध फेरि सर्वोच्चसम्म पुग्यो। उक्त मुद्दामा आज पेशी छ।
निर्वाचन आयोगमा आजै उम्मेदवारी दर्ताको कार्यतालिका छ। सबैजसो राजनीतिक दलहरूले उम्मेदवार टुङ्ग्याइसक्दा नेपाली काँग्रेस सोमबार दिनभरि त्यसमै रुमलिइरह्यो। राति अबेरसम्म केही ठाउँबाहेक उम्मेदवारहरु तय गरे पनि काँग्रेसभित्र ब्यापक असन्तुष्टी छ।
यसमा शेरबहादुर पत्नी आरजु देउवा राणाले टिकट पाइनन्। कैलाली ५ बाट आरजुको नाम सिफारिस भएको थियो। उनको ठाउँमा पूर्व जिल्ला सभापति नारायण शाहले टिकट पाएका छन्। देउवाको सचिवालयले भने यसपालि प्रतिनिधिसभाका उम्मेदवार नहुने बताएको छ।
मंगलबार बिहानै देउवाको सचिवालयले उनी उम्मेदवार नबन्ने जानकारी दिएको हो।
‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु’ देउवाका स्वकीय भानु देउवाले भनेका छन्।
देउवाकाे निर्वाचन क्षेत्र नं १ मा काँग्रेसले नैनसिंह महरलाई टिकट दिएकाे छ। देउवा निकट मानिने नेता महर यसअघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य थिए।
डडेल्धुराबाट २०४८ सालदेखि अहिलेसम्म सबै निर्वाचन जित्दै आएका शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया