बिएल संवाददाता
नेपाली कांग्रेसले पाल्पा क्षेत्र नम्बर १ मा सन्दीप रानालाई उम्मेदवार बनाएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन्।
सोही क्रममा कांग्रेसले पाल्पा–१ मा सन्दीप रानालाई उम्मेदवार बनाएको हो।
उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन्।
पाल्पाको पूर्व भेगमा समाजसेवीका रूपमा समेत उनी परिचित छन्। उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार थिए भने प्रत्यक्षतर्फ पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया