बिएल संवाददाता
नेपाली कांग्रेसले पाल्पा क्षेत्र नम्बर १ मा सन्दीप रानालाई उम्मेदवार बनाएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन्।
सोही क्रममा कांग्रेसले पाल्पा–१ मा सन्दीप रानालाई उम्मेदवार बनाएको हो।
उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन्।
पाल्पाको पूर्व भेगमा समाजसेवीका रूपमा समेत उनी परिचित छन्। उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार थिए भने प्रत्यक्षतर्फ पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया