सोमबार, १९ जनवरी २०२६

आरजुलाई गगनले दिएनन् टिकट, कैलाली–५ मा नरनारायण शाह

News Image
• • •

नेपाली कांग्रेसले कैलाली–५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

सभापति गगन थापाले कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री एवं जिल्ला कार्यसमितिका पूर्व सभापति शाहलाई कैलाली–५ को टिकट दिएका हुन्।

कांग्रेस क्षेत्रीय र जिल्ला समितिले शाहसहित निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडलाई सिफारिस गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!