बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन शेरबहादुर देउवा पक्ष तयार भएको छ।
विघटित कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादु खड्का निकट उच्च स्रोतका अनुसार मंगलबार मुद्धाको पेशी तोकिनुअघि नै मुद्धा फिर्ता लिन देउवा पक्ष तयार भएको हो।
पूर्णबहादुर खड्काले आइतबार आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। सोमबार सार्वजनिक बिदा परेकोले मंगलबार मुद्धाको पेशी तोकिँदै छ।
यद्यपि खड्काले मुद्धा फिर्ता लिनेबारे समाचारहरू प्रकाशित हुनुपूर्व नै खण्डन गरिसकेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट हाेस– ०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयाेगले गरेकाे अवैधानिक निर्णयका विरुद्धमा माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिकाे लागि दर्ता गरेकाे रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएकाे म स्पष्ट पार्न चाहान्छु।’
त्यस्तै नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै घोषणा गरेका खड्काले नैतिकताका आधारमा आफू चुनाव नलड्ने निर्णय लिइसकेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया