सोमबार, १९ जनवरी २०२६

पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट चुनाव उठ्ने

News Image
• • •

सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।

आजै साँझ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले राजीनामा घोषणा गर्न लागेका हुन्।

त्यसअघी उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।

राजीनामा लगत्तै मन्त्री खरेल रास्वपा प्रवेशको तयारीमा छन्। सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालसँगको लगातार वार्तापछि उनी रास्वपा प्रवेश गर्न तयार भएका हुन्।

रास्वपाले मन्त्री खरेललाई ललितपुर-२ को टिकट दिने तयारी गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!