बिएल संवाददाता
शनिबार बसेको एमाले सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एमालेले केही क्षेत्रबाहेक सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
एमालेका उम्मेदवार टुंगिएसँगै एकपछि अर्को विवाद पनि बाहिरिन थालेका छन्। जिल्ला कमिटी ओखलढुंगाको सिफारिस विपरित अस्मिता थापालाई केन्द्रले टिकट दिएपछि नेताहरू असन्तुष्ट बनेका छन्।
अध्यक्ष केपी ओलीले जिल्ला कमिटीको निर्णयलाई बेवास्ता गर्दै सिफारिसमा नै नपरेकी थापालाई ‘खल्तीबाट टिकट वितरण गरेको’ जिल्ला र प्रदेशका पदाधिकारीहरूले आरोप लगाएका छन्।
जिल्ला कमिटीले सिफारिस गरेका ‘जनतासँग भिजेका, अनुभवी र ओखलढुंगाकाे राजनीतिमा याेगदान दिएका स्थापित नेता’हरूलाई पन्छाउँदै सिफारिस नै नभएकी थापालाई उम्मेदवार तोकिएको भनेर जिल्लाभर विरोध भइरहेको छ।
पुस २३ गते बसेको जिल्ला कमिटीको सातौं विस्तारित बैठकले नेता ईश्वर पोखरेलसहित पाँच जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस हुने अन्यमा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, नानीबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का थिए। तर, ओलीले एमाले नेता–कार्यकर्ताहरूकाे इच्छा र पार्टीको विधि विपरित गाउँपालिका उपाध्यक्ष अस्मितालाई टिकट दिए।
सचिवालय बैठकमा यज्ञराज वा अम्बिरबाबु गुरुङमध्ये एकलाई नै टिकट दिनुपर्छ भन्ने बहुमत नेताहरूकाे मतलाई बेवास्ता गर्दै ओलीले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि याे विवादमा केन्द्रदेखि जिल्लासम्म चुलिएको छ।
नेतृत्वले सक्षम नेताहरूलाई पाखा लगाउन खोजेको स्पष्ट सन्देश दिएको जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का बताउँछन्। उनले टिकट वितरणको निर्णय सच्याउन ओलीलाई आग्रहसमेत गरेका छन्।
उनले विज्ञप्ति नै जारी गर्दै पार्टी केन्द्रीयताको नाममा व्यक्तिगत गुटको लागि गरिएको निर्णयप्रति असहमति प्रकट गर्दै जिल्ला कमिटीको निर्णयविपरित सिफारिस भएकी थापालाई सहयोग गरेर जान नसकिने चेतावनी दिएका छन्।

यता एमालेनिकट भातृसंगठनहरू युवासंघ नेपाल, अनेरास्ववियु, अनेमसंघ र नेपाल खेलकुद महासंघले उम्मेदवारसम्बन्धी निर्णय नसच्याएसम्म जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन्।

अस्मिता थापा तिनै नेतृ हुन् जो महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा नै पराजित भएकी थिइन्। तर, केपी ओलीको ठाडो हस्तक्षेपमा निर्वाचनलाई अवैध ठहर्याउँदै सहमतिका नाममा प्रतिनिधि छानिएकी उनले केन्द्रीय सदस्य पनि हात पारिन्।
अहिले फेरि उनैलाई टिकट दिएर लामो समयदेखि पार्टी निर्माणमा योगदान गर्दै आएका जिल्लाका पाका नेताहरूलाई गुण्डुले दण्डित गरेको छ।
ओखलढुंगाका एमाले जिल्ला कमिटीका एक सदस्य भन्छन्, ‘अस्मिता कमरेडलाई पालिका र फेसबुके बाहेक अरु कसैले चिन्दैनन्। जिल्लाभरका मतदातासँग राम्राे सम्बन्ध नहुँदा–नहुँदै पनि उहाँमाथि पुरस्कार थपेको थप्यै हुनुहुन्छ ओलीले। हामी त अचम्मित छाैं।’
एमालेले ओखलढुंगामा कमजोर उम्मेदवार उठाउँदा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा र रास्वपा उम्मेदवार विश्वराज पाेखरेलले यसको फाइदा उठाउन सक्ने एमालेपंक्तिमा चिन्ता छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया