बिएल संवाददाता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन्।
शुक्रबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीन चिट दिएर नहुने बताएका हुन्।
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न नपर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन्।
सिटौलाले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै आफूहरुले समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट पारे।
उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया