बिएल संवाददाता
नेकपा एमालेले राष्ट्रियसभाका लागि उम्मेदवारहरूको नाम टुङ्ग्याएको छ। मधेसबाहेक छ वटा प्रदेसका लागि उसले उम्मेदवारहरू टुङ्ग्याएको हो। त्यसमा लुम्बिनीबाट रामकुमारी झाँक्री पनि परेकी छिन्। उनी नेकपा एकीकृत समाजवादीबाट एमालेमा मिसिएकी थिइन्। र हालैमात्र एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पनि भएकी हुन्।
त्यस्तै कोसी प्रदेसबाट एमालेले रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। बागमतीमा डा. प्रेमकुमार आचार्य, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूर पश्चिम प्रदेसबाट लीलाकुमारी भण्डारीलाई एमालेले राष्ट्रियसभाका लागि उम्मेदवार तय गरेको हो।
माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता गर्नेगरी कार्यतालिका तय भएको छ। राष्ट्रियसभा निर्वाचनमा खाली भएका १८ सिटमा नेपाली काँग्रेस र नेकपा एमालेले ७/७ र नेपाली कम्युनिस्ट पार्टीलाई ३ सिट भाग पाउनेगरी सहमति भएको छ। तर यसमा नेपाली कम्युनिस्ट पार्टी अझै सहमत भइसकेको छैन। त्यस्तै जनता समाजवादी पार्टीले १ सिट पाउने भएको छ।
नेपाली काँग्रेसलगायत अरु पार्टीले भने उम्मेदवार टुङ्ग्याइसकेका छैनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया