बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट ५ करोड ब्यारेल तेल ल्याउने घोषणा गरेका छन्।
यसैसाता भेनेजुएलामा ब्यापक सैन्य आक्रमण गर्दै अमेरिकाले त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो। मादुरो र उनकी पत्नीविरुद्ध अहिले अमेरिकी अदालतमा मुद्दा चलिरहेको छ।
अमेरिकाले उनीहरूलाई न्यूयोर्कस्थित एक कुख्यात जेलमा राखिएको छ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेअनुसार मादुरोपछि त्यहाँ सत्ता सम्हालेकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकालाई पाँच करोड ब्यारेल तेल दिन सहमति जनाएकी छिन्। ट्रम्पले यसअघि अमेरिकाले भनेको नमाने उनको हालत पनि मादुरोको जस्तै हुनसक्ने चेतावनी दिएका थिए। मादुरो राष्ट्रपति हुँदा रोड्रिगेज उपराष्ट्रपति हुन्।
ट्रम्पका अनुसार उक्त तेल अमेरिकाले नै विश्वबजार भाउमा बेच्नेछ। र त्यसवाफतको पैसा अमेरिकाकै हुनेछ। उक्त तेल ब्यापारबाट प्राप्त हुने रकम उनले अमेरिकी र भेनेजुएलाका नागरिकको हितमा खर्च गर्ने पनि जनाएका छन्।
मादुरो राष्ट्रपति हुँदा भेनेजुएलामा अमेरिकाले खोलेका १८ तेल उद्योगहरूलाई बन्देज गरिदिएका थिए। अब उक्त कच्चा तेल पाएपछि अमेरिकी तेल कम्पनीहरू फेरि सक्रिय हुनेछन्।
‘मलाइ यो घोषणा गर्दैगर्दा निकै खुसी लागेको छ कि भेनेजुएलाको अन्तरिम प्रशासनले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेलसम्म तेल दिने निर्णय गरेको छ। यो तेल अमेरिकाले विश्वबजारकै भाउमा बेच्नेछ र तेल बेचेर आएको पैसा अमेरिकी राष्ट्रपति भएको नाताले मेरै नियन्त्रणमा रहनेछ’ उनले लेखेका छन् ‘त्यो पैसा अमेरिका अनि भेनेजुएलाका नागरिकको हितका लागि खर्च गरिनेछ।’
भेनेजुएलासहित कतिपय राष्ट्रहरूले अमेरिकाले भेनेजुएलाको तेल भण्डारा नियन्त्रण गर्नका लागि सैन्य आक्रमण गरेको र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको भनेर टिप्पणी गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन्। लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा अमेरिकाले मादुरो दम्पत्तिमाथि मुद्दा चलाइरहेको छ। मादुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले भेनेजुएलामा अमेरिकाले नै शासन गर्ने बताएका थिए।
विश्वकै सबैभन्दा धेरै तेल भण्डार भएको देशमध्ये भेनेजुएला पनि एक हो। जहाँ अहिले पनि ३०३ अर्ब ब्यारेल तेल छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया