बिएल संवाददाता
प्रमुख तीन दल एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे सैद्धान्तिक सहमति भएको छ।
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि तीन दलबीच सहकार्य गर्नेबारे लगभग सहमति जुटेको हो।
यद्यपि सिट बाँडफाँटबारे सहमति भइसकेको छैन। आजै साँझसम्म सिट बाँडफाँट पनि टुंग्याउने तयारी भइरहेको कांग्रेसका एक नेताले जानकारी गराए।
जेनजी आन्दोलनपछि भूमिकाविहिन भएका दलहरू यतिबेला अस्तित्व रक्षाका लागि चुनावी सहकार्यका लागि प्रयास गरिरहेका छन्। राष्ट्रिय सभापछि फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पनि सहकार्यबारे तीन दल निरन्तर छलफलमा छन्।
भारत भ्रमणमा जानुअघि नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा राष्ट्रिय सभा र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्भावित सहकार्यबारे छलफल भएको थियो।
काठमाडौंका मेयर बालेन साह र उर्जामन्त्री कुलमान घिसिङ रवि लामिछानेको पार्टीमा समाहित भएपछि रास्वपालाई वैकल्पिक शक्तिको रुपमा हेरिन थालेको छ। यस्तो अवस्थामा पुराना धारका दलहरू मिल्नैपर्ने दबाबमा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया