बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्।
पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखेको भन्दै उनले सोमबार सामाजिक सञ्जालमार्फत् हिजो राति बसेको केन्द्रीय समिति बैठकमा बन्दसूचीबाट आफ्नो नाम हटाउने निर्णय सुनाएको जानकारी गराए।
उनीसँगै रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या ६ पुगेको छ।
यसअघि नै रास्वपाको बन्दसूचीमा रहेका आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन्।
‘म सँधै देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ उनले लेखेका छन्, ‘मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया