बिएल संवाददाता
जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्यको तयारी भएको छ।
बालेन र रास्वपासँगले एकतामा उपेक्षा गरेपछि कुलमानले प्रलोपासँग चुनावी एकता गर्न लागेका हुन्। प्रलोपा स्रोतका अनुसार आजै साँझ ६ बजे दुई पार्टीबीच सम्झौता हुन लागेको हो।
घिसिङले यसका लागि शर्मासहित प्रलोपाका अर्का संरक्षक डा. बाबुराम भट्टराईसँग निरन्तर संवाद गरिरहेका छन्।
स्रोतका अनुसार जनार्दन र कुलमान पार्टी एकताकै प्रयासका लागि सघन वार्तामा छन्।
कुलमानलाई जनार्दनले नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए। उनकै नेतृत्वमा नेपाल लोडसेडिङमुक्त घोषणा भएको थियो।
उनै कुलमान यतिबेला लोडसेडिङ अन्त्यको जस लिँदै उनेपा पार्टी गठन गरेर राजनीतिमा होमिएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया