बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीकाे रकम हिनामिना प्रकरणमा छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकमा वैशाख २८ गतेदेखि बस्ने संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कांग्रेसको संसद अवरोधलाई समाप्त पार्न समग्र सहकारी ठगिको विषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्ने विषयमा पटक पटक छलफल भएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया