बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने मुद्धा लिएर अघि बढ्ने बताएका छन्।
शनिबार झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने दाबी गरे।
उनले भने, ‘अब आउने चुनावमा हाम्रो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने जिम्मा झापाली जनताको हातमा छ। हामी त्यही मुद्धाका साथ अघि बढ्छौं। अहिले कसले कति भोट र सीट ल्यायो भन्ने कुरा ठुला होइन।’
उनले आफ्ना अध्यक्षले भ्रष्टाचार नगर्नेहरूको नेतृत्व गरिरहँदा झापाकै एमाले अध्यक्ष केपी ओलीले गिरिबन्धुको जग्गा खाएको टिप्पणी गरे।
उनले देशलाई समृद्ध बनाउन प्रदेश खारेज गर्नुपर्ने धारणा राख्दै नयाँ दलहरूलाई राष्ट्रियताको मुद्धामा सही बाटोमा आउन आग्रह गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया