बिएल संवाददाता
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा चुनाव केन्द्रीत विषयमा छलफल भयो। बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरू र प्रधानमन्त्रीबीच कायम भएको छ। अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरूलाई गराउँछु।’
शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए।
बैठकमा एमाले अध्यक्ष ओलीले नेताहरूमाथि स्थान हद लगाएर चुनाव हुन नसक्ने भनेपछि सरकारले उनीविरुद्ध तोकेको यात्रा प्रतिबन्ध हटाउने संकेत पनि गरेको छ।
मन्त्री खरेलले भने, ‘चुनावको लक्ष्य र जेनजीको म्यान्डेट आत्मसाथ गर्दै त्यो लक्ष्य प्राप्तिको लागि जे–जे उल्झन र समस्याहरू आउँछन्। त्यसलाई क्लियर पार्दै अगाडि बढ्छ। त्यो क्लियर पार्ने कुरामा समझदारी पनि भएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया