बिएल संवाददाता
अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालाे नेपाल पार्टीकाे केन्द्रीय समिति बैठक जारी रहेकाे छ।
त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा मन्त्री घिसिङले पार्टी एकता वार्तामा भएका उपलब्धिबारे ब्रिफिङ गर्नेछन्।
स्रोतका अनुसार घिसिङ यतिबेला केन्द्रीय कार्यालय पुगिसकेका छन्।
आजै बिहान घिसिङले काठमाडौंका मेयर बालेन साहसँग भेटवार्ता गरेका थिए। बालेनले कुलमानलाई रास्वपाले प्रस्ताव गरेको एकता मोडालिटीबारे ब्रिफिङ गरेका थिए।
पार्टी एकताबारे आजै हस्ताक्षर गर्ने भनिए पनि माेडालिटी टुंगिनसकेको भन्दै वैकल्पिक शक्तिहरू आन्तरिक छलफलमा जुटेका छन्।
आजै साँझसम्म सबै मोडालिटी, नेताहरूको व्यवस्थापन लगायत विषय टुंग्याएर सम्भव भएसम्म आजै साँझ, आज नभ्याए भोलि पार्टी एकता घोषणा गर्ने तयारी रहेको उनेपा स्रोतले बतायो।
पार्टी एकतामा कुरा नमिले आजैको केन्द्रीय समिति बैठकमा पार्टीको भावी योजनाबारे पनि टुंगो लगाउने उनेपाको तयारी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया