बिएल संवाददाता
अन्तरिम सरकारका मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने टिप्पणी गरेका छन्।
रास्वपा, बालेन साह र उनेपाबीच एकताको अन्तिम प्रयासको चर्चाका बीच कुलमानले एकताको अर्थ अरुलाई समाप्त गर्नु नभएको बताएका हुन्।
पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक परिवर्तन अपरिहार्य भइसकेकोले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, ‘एकताको अर्थ अरुलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो।’
जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट होउन भन्ने रहेको भन्दै उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया