बिहिबार, २५ डिसेम्बर २०२५

रमेश लेखक बयान दिन तयार

News Image
• • •

नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्।

कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले आफू बयान दिन जाने बताएका हुन्।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैंले आयोगमा जाने निर्णय गरेको छु। १४ गते सोमबार म जान्छु।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!