बिएल संवाददाता
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरूलाई कुनै दबाब र हस्तक्षेप नगर्दा १०० दिनमा ४० भन्दा बढि ठूला मुद्दाहरू अदालतमा पुगेको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरूलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरू अदालत पुग्न नसकेको धारणा राखे।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा यो तीन महिनामा,१०० दिनमा ४० वटाभन्दा बढि ठूला–ठूला मुद्दाहरू अहिले अदालत पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मुद्दाहरूलाई अगाडि बढाएको छ। त्यसको मतलब सरकारको के उपलब्धि भयो भन्नुहोला विगतका दिनहरूमा राज्यका निकाय जसले भ्रष्टाचार नियन्त्रणको लागि काम गर्थ्यो ती निकायहरूलाई विगतको दिनमा प्रभाव र दबाब हुन्थ्यो। हस्तक्षेप हुन्थ्यो तर अहिले यो सरकारले ति निकायहरूलाई कुनै पनि दबाब दिएको छैन।’
त्यस्तै उनले सबै राजनीतिक दल चुनावमा भाग लिन तयार रहेको दाबी गर्दै फागुन २१ को चुनावलाई लिएर कुनै दुविधा नरहेको बताए।
‘चुनाव हुने कुरामा अब कुनै दुविधा रहेन। हामीले हिजो र आज मात्र मुलुकका प्रमुख राजनीतिक दलहरू सबैसँग वार्ता र छलफल उहाँहरूकै पार्टी कार्यालयमा गएर गरेका छौं। शिर्ष नेता र प्रधानमन्त्रीबीच राष्ट्रपतिको उपस्थितिमा उच्चस्तरीय वार्ता भएको छ र सबै राजनीतिक दलले चुनावमा भाग लिन्छौं भन्नुभएको छ,’ उनले भने।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया