बिएल संवाददाता
कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई नाम मात्रको कार्यवाहक दिएको टिप्पणी गरेका छन्।
बुधबार पार्टीको कार्यसम्पादन समितिको वैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआए पनि बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे।
उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु। उहाँले कार्यवाहक दिनुभएको छ। तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ। आज बैठकमा आउनुभएको छैन। तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ।’
त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए। महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए।
उनले भने, ‘कांग्रेसले गएको एक डेढ महिनाभित्रमा खाली आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौं। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन। आलटाल गर्ने कुरा हुँदैन। यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ। साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ। विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ।’
त्यस्तै उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरू मिल्नुस्, मंसिरभित्र अधिवेशन गर्नुस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया