बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र युवाहरूको कुरालाई एजेण्डा बनाएर एक्लै चुनाव लड्नेगरी नेकपाले तयारी गरिरहेको बताएका छन्।
मंगलबार पेरिसडाँडामा सञ्चारमकर्मीहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रलाई परिमार्जन गर्ने र सान्दर्भिक बनाउनेमा पनि आफूहरूको एजेण्डा रहने बताउँदै उनले यीनै एजेण्डाकासाथ जनताको माझ जाने जानकारी दिए।
उनले भने, ‘हामी सुशासनको एजेण्डामा हिजो सत्तामा हुँदापनि काम गरेको थियौं। प्रतिपक्षमा पनि कुरा उठाएका छौं। अहिलेपनि त्यो एजेण्डा वा युवाहरुको कुरा लिएर जान्छौं। लोकतन्त्रलाई परिमार्जन गर्ने र सान्दर्भिक बनाउनेमा हाम्रो एजेण्डा हुनेछ। हामी एक्लै चुनाव लड्ने तयारी गरेको छौं।’
त्यस्तै उनले सरकारको र नेपाली कम्युनिष्ट पार्टीको प्रतिवद्धतामा एकरुप रहेको भन्दै एक अर्कालाई घोचपेच, गुनासो गर्नुपर्ने र मनाउनुपर्ने खालको कुनै समस्या नरहेको बताए।
फागुन २१ को निर्वाचन समयमा नै हुनुपर्ने भन्दै अर्को कुनै विकल्प नरहेको बताए।
जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरूको अनुभवलाई लिएर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए।
नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया