बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल हुँदैछ।
दलका शीर्ष नेताहरू र प्रधानमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो।
राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दिउँसो ३ बजे छलफलका लागि निम्तो पठाएको छ।
त्यस्तै राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि संयुक्त बैठकमा बोलाएका छन्।
यतिबेला नेताहरू शीतल निवास प्रवेश गर्न थालेको शीतल निवास स्रोतले बतायो।
राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीहरूसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।
शीतल निवास स्रोतका अनुसार एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित बहुमत सांसदहरूको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान लागेपछि राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा डाकेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया