बिएल संवाददाता
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा सोमबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ खुवाए। मुख्यमन्त्री अधिकारीले आइतबार मात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका थिए।
गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानलाई नियुक्त गरेका थिए।
प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकामा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया