बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले पार्टीले आफूहरु एकाताबद्ध रहेको बताएको छ। सोमबार संसद भवनमा बसेको संसदीय दलको बैठकले पार्टी फुटको हल्ला गलत रहेको निष्कर्ष निकाल्दै एकताबद्ध रहेको प्रतिबद्धता ब्यक्त गरेको छ।
‘बैठकले यसबीचमा संसदीय दलका सम्बन्धमा चलाइएका हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता ब्यक्त गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै बैठकले अब सरकार ल्याउने नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने, संसदमा जनसोरोकारका विषय उठाउने र कानुन निर्माण प्रकृयामा सक्रिय भूमिका निमाउने पनि निर्णय गरेको छ।
बैठक माधव कुमार नेपालको अध्यक्षतामा बसेको थियो। पार्टी फुट्न लागेको हल्लापछि नेपालले बैकको आह्वान गरेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया