बिएल संवाददाता
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका बहुमत केन्द्री सदस्य आफूसँग रहेको र पार्टी विभाजन नभएको बताएको छ। जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै जसपा विभाजन हुने कुनै आधार नरहेको बताएका छन्।
आइतबार अशोक राईको समूह जसपाबाट छुट्टिदै नयाँ दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोग गरएको थियो। तर सोमबार जसपा प्रवक्ता सुमनले विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ताको निवेदन नै अवैधानिक रहेको जिकिर गरेका छन्।
‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ।’
आइतबार अशोक राईसहित ७ सांसदले नयाँ दल बनाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। हाल जसपा नेपालमा १२ जना सांसद छन्। जसमध्ये बहुत सांसद पार्टी विभाजनको पक्षमा छन्। भने राई समूहले बहुमत केन्द्रीय सदस्य पनि आफूसँगै रहेको दाबी गरेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया