बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आवेदन दिएकी राज्यलक्ष्मी गोल्छाको नाम सूचीबाट हटाउने भएको छ।
शनिबार भएको ‘आकांक्षीहरूसँगको छलफल’ मा सहभागी नभएपछि उनी रास्वपाको प्राइमरी इलेक्सनको प्रतिस्पर्धाबाट बाहिरिने भएकी हुन्।
रास्वपाको समानुपातिक उम्मेदवार बन्न कोशीबाट ६० जना आकांक्षीहरू थिए। जसमा यसअघि एमालेबाट समानुपातिक सांसद बनेकी गोल्छा पनि आकांक्षी थिइन्। उनले आवेदन दिएदेखि नै रास्वपा विवादमा फसेको थियो। तर, उनी छलफलमा सहभागी नभएपछि उनको नाम हटाइन लागेको हो।
कोशीका उम्मेदवारहरूसँग छलफलका लागि विपिनकुमार आचार्य, निशा डाँगी, अशोककुमार चौधरी र सरिन तामाङ सहजकर्ताको भूमिकामा छन्।
रास्वपाले विशेष अवस्थामा उम्मदवारले जानकारी गराएर सचिवालयले अनुमोदन गरेको हकमा बाहेक पार्टीको छलफलमा भाग नलिने व्यक्तिहरूको उम्मेदवारी स्वतः खारेज हुने प्रावधान ल्याएको छ।
जसअनुसार पार्टीलाई जानकारी नगराइ छलफलमा अनुपस्थित रहेकी गोल्छाको नाम स्वतः खारेज हुने भएको हो।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया