बिएल संवाददाता
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी-१ बाट विनोद चौधरीको एक नाम सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिबाट जिल्ला हुँदै दुई जनाको नाम सिफारिस भएकोमा लुम्बिनी प्रदेश कार्यसमितिले चौधरीको एकल नाम सिफारिस गरेको हो।
कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश सभापति अमरसिंह पुनले बताए।
क्षेत्र नम्बर १ बाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको थियो। तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारवाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको पुनले बताए।
खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया