बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विचार मिल्ने र वैकल्पिक शक्तिहरूको एकताका लागि आफू सभापति त्याग्न तयार रहेको स्पष्ट पारेका छन्।
धरौटीमा थुनामुक्त भएपछि चितवनमा पहिलो सभालाई सम्बोधन गर्दै उनले मिल्नुपर्नेहरू अन्तिममा मिलेरै अघि बढने स्पष्ट पार्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।
लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही। मलाई केही पनि चाहिएको छैन। पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस्। झण्डा चाहिन्छ, लैजानुस्। पार्टी अफिस चाहिन्छ, लैजानुस्। सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन।’
उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको उल्लेख गर्दै पुस्ताको लागि कोहि मिल्न आए आफूले त्याग गर्ने लिस्टमा आफ्नो नाम चढाइसकेको बताए।
उनले एउटा चुनावका लागि मात्रै मिल्न खोजेको भए मिल्न नसकिने स्पष्ट पारे।
‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन। एउटा पुस्ताका लागि आएको हुँ। त्याग गर्ने पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी,’ लामिछानेले भने।
उनले विचार मिल्नेहरूसँग एकताका लागि रास्वपा नेताहरू संवादमै रहेको र ठोस निष्कर्षपछि मात्रै एकता हुने बताए।
‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं। हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ। मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ लामिछानेले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया