बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको प्रशंसा गरेका छन्।
थुनामुक्त भएपछि पहिलोपटक चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा चुनाव कुर्दै बसेको बेला जेनजीले चुनावअघि नै बजाइदिएको भन्दै प्रशंसा गरेका हुन्।
उनले भने, ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन। बजाइदिनुभयो।’
लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध साँधेको भन्दै आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरे।
उनले जेनजीहरूको रगतको थोपा बगेर जान नदिने प्रतिवद्धता गरे।
‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ। म यो विषय लिएर पनि लड्छु। जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ।’
त्यस्तै उनले पुराना नेताहरूले देशलाई दिएको दुःखको अगाडि आफूले पाएको दुःख तुलना नहुने बताए।
‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु। सिंगो देशलाई दुख दिएका छन्। सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन। सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ। यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन,’ लामिछानेले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया