बिएल संवाददाता
जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको प्रष्ट पारेका छन्।
राज्यमन्त्री कार्कीको निजी सचिवालयले साेमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो।
‘माननीय राज्यमन्त्री दिपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
जसपाका सात सांसदले साेमबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका थिए। नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका हुन्। साे समूहमा कार्कीको समेत नाम राखिएकाे थियाे। आफ्नाे नाम राखिएकाे प्रति आपत्ति जनाउँदै कार्कीको सचिवालयले प्रष्टीकरण दिएकाे हाे।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया