बिएल संवाददाता
धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले बम विस्फोट मुद्धामा पक्राउ परेका उपाध्यक्ष राजकुमार तामाङ लामालाई श्रम निलम्बन गरेको छ।
‘सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्ना खातिर अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको’ अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो। उनलाई प्रक्राउ गरि पाँचथर पठाइएको छ।
०८१ भदौ १४ गते भएको बम विस्फोटमा दुई वर्षीया बालिकाको मृत्यु र दुई बालक घाइते भएको घटनामा उनीविरुद्ध मुद्धा दायर भएको थियो।
पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँ भन्ने स्थानमा एक घरमा बम विस्फोट हुँदा बालिकाको ज्यान गएको थियो।
सोही मुद्धाको अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी कुमार, देवराज लामा र विश्वक्रान्ति उपनामले चिनिन्थे।
त्यसअघि पनि लामा १५ फागुन ०६८ मा काठमाडौं बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा संलग्न थिए।
उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।
लामा कर्तव्य ज्यानमुद्धामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त मुद्धामा लामा नख्खु कारागार चलान भएका थिए।
तर, उनलाई ७ फागुन ०७६ को प्रजातन्त्र दिवसमा तत्कालिन सरकारले जेलमुक्त गरिदिएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया