बुधबार, १७ डिसेम्बर २०२५

एमाले महाधिवेशनः प्यानलगत उम्मेदवारहरूको नाम फेरेर भोट मागेको आरोपमा एकजना पक्राउ

News Image
• • •

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानका क्रममा एक जना पक्राउ परेका छन्।

एउटा प्यानलको उम्मेद्वारको नाम फेरेर अर्को प्यानलबाट भोट मागेको आरोपमा एमाले कार्यकर्ताहरूले एकजनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।

पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

मतदान भृकुटीमण्डपमा जारी छ। एमाले प्रतिनिधिहरू मदतानका लागि लामवद्ध भएर पालो कुरिरहेका छन्। केन्द्रीय कमिटीको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!