मङ्गलबार, १६ डिसेम्बर २०२५

शंकरसँगै उभिएर भोट माग्न थाले प्रदीप ज्ञवाली

News Image
• • •

हिजो उम्मेद्वारी दर्ताका क्रममा महासचिवमा शंकर पोखरेललाई नस्वीकार्ने भन्दै बाहिरिएका नेता प्रदीप ज्ञवाली आज ईश्वरसँगै उभिएर भोट माग्न थालेका छन्।

महासचिवमा पोखरेललाई ओलीले उम्मेद्वार बनाएपछि रिसाएका ज्ञवाली रुँदै–रुँदै भृकुटीमण्डपबाट बाहिरिएका थिए। उनले एउटै नेता महासचिवमा दोहोरिन नहुँने भन्दै असन्तुष्टि पोखेका थिए। उनी महासचिवमा आकांक्षी थिए।

ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेद्वारी दिएका छन्। उनी अध्यक्ष ओली समूहबाट सदस्यमा भिँड्दैछन्।

आज मतदानस्थल भृकुटीमण्डपमा ज्ञवाली पोखरेलसँगै उभिएर आफूसहित ओली गुटमा उम्मेद्वारका लागि भोट मागिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!