बिएल संवाददाता
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी ओलीकै पक्षमा उभिएका छन्।
सोमबार महासचिवमा उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका ज्ञवालीलाई ओलीले नपत्याउँदा रुँदै रुँदै भृकुटीमण्डपबाट बाहिरिएका थिए। ओलीले हालका महासचिव शंकर पोखरेललाई नै महासचिवमा अगाडि सारेका छन्।
मंगलबार दिउँसो ४ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन उनले अपिल गरेका छन्।
उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘नेकपा (एमाले)को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु।’
साथै, उनले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उमेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे।
‘म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु,’ उनले थप लेखेका छन्, ‘यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु। कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया