मङ्गलबार, १६ डिसेम्बर २०२५

एमाले महाधिवेशनः मतदानको समय परिवर्तन

News Image
• • •

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ।

भृकुटीमण्डपमा आज दिउँसो १ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ। भोटिङ मेसिनमा उम्मेदवारहरूको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो।

एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको दुई घण्टाभित्र परिणाम सार्वजनिक हुने छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!