बिएल संवाददाता
जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जनायो।
गुरुङले जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउन र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने माग गरे।
त्यस्तै जघन्य अपराधमा संलग्न नभएका कतिपय युवाहरूलाई आन्दोलनमा सहभागी भएकै आधारमा मुद्धा चलाइएको, धरपकड गरिएको गुनासो गरे।
कतिपय युवाहरू धरौटी तिर्ने रकमसमेत नभएर पुर्पक्षका लागि थुनामा जानुपरेको भन्दै गुरुङले आन्दोलनलाई जतिसक्दो छिटो वैधता दिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीलाई भेट्न गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन सिंहदरबार पुगेका थिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया