बिएल संवाददाता
जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जनायो।
गुरुङले जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउन र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने माग गरे।
त्यस्तै जघन्य अपराधमा संलग्न नभएका कतिपय युवाहरूलाई आन्दोलनमा सहभागी भएकै आधारमा मुद्धा चलाइएको, धरपकड गरिएको गुनासो गरे।
कतिपय युवाहरू धरौटी तिर्ने रकमसमेत नभएर पुर्पक्षका लागि थुनामा जानुपरेको भन्दै गुरुङले आन्दोलनलाई जतिसक्दो छिटो वैधता दिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीलाई भेट्न गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन सिंहदरबार पुगेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया