बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्रतिशोध साँधेको आरोप अस्वीकार गरेका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको जिकिर गरे।
उनले भने, ‘मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही मान्छे राखेर काम गर्नु हो।’
बुधबार सर्वोच्च अदालतले हितेन्द्रलाई सरुवा गर्ने कुलमानको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै पदमा पुनर्स्थापना गरिदिएको थियो।
मन्त्री घिसिङले शाक्यले आफैंले ‘काम गर्न सकिनँ, सरुवा गरिदिए हुन्छ’ भनेपछि मात्र सरुवा गरेको दाबी गर्दै काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिए।
उनले शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम चालेको दाबी गरे। घिसिङले भने, ‘निर्णय नगर्ने र काम नगर्नेलाई कारबाही हुनुपर्छ, नत्र प्रोजेक्टहरू बन्दैनन्।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया