सोमबार, ०८ डिसेम्बर २०२५

पार्टी कार्यालय पुगेर ईश्वरले शंकरलाई बुझाए नेतृत्व परिवर्तनको निष्कर्षसहितको अवधारणापत्र

News Image
• • •

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सोमबार दिउँसो च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव शंकर पोखरेललाई महाधिवेशनको अवधारणापत्र हस्तान्तरण गरे।

आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेल अवधारणापत्र बुझाउन आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले तयार पारेको उक्त अवधारणापत्रमा नेतृत्व परिवर्तनको निष्कर्षसमेत समेटिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!