बिएल संवाददाता
सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त गरेको छ।
आइतबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री जगदीश खरेलले शर्मालाई नियुक्तिपत्र दिएका हुन्।
यसअघि मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए।
संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउँदै उनले अध्यक्ष आइसकेपछि काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा रहेको धारणा राखे।
उनले भने, ‘नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने छ, त्यो निर्माण गर्ने सन्दर्भमा संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने छ। अब अध्यक्ष आइसकेपछि प्रेस काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा छ।’
उनले इतिहासमा रेकर्ड हुनेगरी काम गर्न अध्यक्ष शर्मालाई आग्रह गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया