बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाएका छन्।
शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो। तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’
ओलीले सरकार फेर्ने वा समिकरण बनाउने खेलमा आफू नरहेको पनि प्रष्ट पारे। उनले सरकारले फागुन २१ गते चुनाव गराउने सम्भावना नरहे पनि अब हुने चुनावमा एमाले बहुमतसहित फर्किने दाबी गरे।
उनले भने, ‘एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन। यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन, तर अब हुने चुनावमा एमाले बहुमतसहित फर्किनेछ। अरु पूराना पार्टी के गर्छन् मलाई थाहा छैन, तर एमाले त फर्किन्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया