बिएल संवाददाता
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको एमाले सचिव तथा प्रचार संयोजक पद्माकुमारी अर्यालले बताएकी छन्।
उनका अनुसार लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्छ।
अर्यालका अनुसार ‘धरहरा र ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेका छन्। लोगोले हामीलाई सम्झाउँछ कि साँचो नेतृत्व, प्रतिबद्धता र साहसले मात्र राष्ट्र निर्माण सम्भव हुन्छ।’
राष्ट्रिय झण्डा र सांस्कृतिक प्रतीकहरूजस्तै, महाधिवेशनको लोगोले एकता, समृद्धि र राष्ट्रिय चेतनाको धरोहरका रूपमा काम गर्ने उनको भनाइ छ।
उनले लोगोले नेपाली जनतामा थप उत्साह, प्रेरणा र उर्जा भरिदिने विश्वास व्यक्त गरिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया