बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन्।
कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै आक्रमणको प्रयास गरेका थिए। त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए।
त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे।
उनले विमानस्थलदेखि बाटोभरी देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्ति जनाउँदै केही व्यक्तिहरू ‘जेनजी’ को नाममा राज्यको कानून हातमा लिन खोजिरहेको आरोप लगाए।
‘कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन। विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भने।
उनले हालै गठन भएको ‘नेसनल युथ भोलिन्टियर फोर्स’ लाई टोल–टोलमा विस्तार गर्दै जनताको काममा सक्रिय भूमिकासहित लाग्न युवाहरूलाई निर्देशन दिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया