बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गर्दै कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने बताएका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले फोनमार्फत ‘राजीनामा गर’ भन्दै धम्की आउने गरेको, घरमा आगजनी गराउने चेतावनी समेत आउने गरेका भन्दै त्यस्ता व्यक्ति अराजक र अपराधिक काम गर्ने मान्छे भएको जिकिर गरे। ओलीले त्यस्ता अपराधी र राक्षस प्रवृत्तिको अन्त्यका लागि बोल्नका लागि नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
‘हामी अब देशलाई, नेकपा एमाले छ नि। अरु कोही बोल्छ कि बोल्दैन, छाडिदिउँ। तर हामी छौं नि। हामीले आफू संगठित हुनुपर्यो। सत्यको पक्षमा दृढताका साथ बोल्ने, उभिनु पर्यो। अब कुनै जेनजी आगो लगाउन आउने छैन। आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं,’ ओलीले भने।
उनले थपे, ‘फोनबाट समेत राजीनामा गर, तेरो घरमा आगो लगाउँछु भन्दैछ। कोही डेरामा बस्दैछ भने घरबेटीलाई फोन गरेर त्यो मान्छे निकाल नत्र आगो लगाइदिन्छु भन्दैछ। त्यो कुनै मान्छे हो? त्यो अपराधी हो। राक्षस हो। उसको मानसिकता नै भाडामा अपराधिक काम गर्ने मान्छे हो। यो राक्षस प्रवृत्ति नै हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया