बिएल संवाददाता
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले पदीय मर्यादाविपरित आचरण गरेको आरोपमा मण्डललाई पदमुक्त गरेको हो।
पद अनुकुलको आचरण नगरेको प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले अनुमोदन गरेपछि उनी पदमुक्त भएका हुन्।
गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका थिए।
महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो। आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो।
उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन्।
प्रदेश सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया