बिएल संवाददाता
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले पदीय मर्यादाविपरित आचरण गरेको आरोपमा मण्डललाई पदमुक्त गरेको हो।
पद अनुकुलको आचरण नगरेको प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले अनुमोदन गरेपछि उनी पदमुक्त भएका हुन्।
गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका थिए।
महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो। आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो।
उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन्।
प्रदेश सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया